प्रधानमन्त्री ओली टेलिभिजनमा बोल्दा बालबालिकालाई टाढा राख्नु पर्ने अवस्था आयोः कांग्रेस

वैशाख २ काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली टेलिभिनमा बोल्दा घरमा रहेका बालबालिका लाई टाढा राख्नु पर्ने अवस्था आएको र प्रधानमन्त्री ओलीले असहिष्णु व्यवहारले सीमा नाघेको बताएको छ । आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले काँग्रेस प्रति लक्षित गर्दै ‘नन्दी भिङगी’को संज्ञा दिएका थिए । सोमबार ‘खोलौँ बैङ्क खाता अभियान’ सुरु गर्दै ओलीले सरकार विरुद्ध आन्दोलन गर्ने काँग्रेसको तयारी प्रति लक्षित गरी ‘विभिन्न आकार प्रकारका नन्दी भिरङगी भेला भएर आन्दोलन गर्छौ भनेछन्’ भन्दै कटाक्ष गरेका थिए । काँग्रेसले प्रधानमन्त्रीले पद अनुसारको बोली र व्यवहार गर्न पनि आग्रह गरेको छ ।

ओलीको भनाइप्रति सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीलाई संयमित भएर आफ्ना धारणा राख्न सुझाव दिँदै सबैले सम्मान गर्न लाएक प्रधानमन्त्री बन्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीले हिजो बोलेका कुरा अत्यन्त आपत्तिजक छ । एउटा देशको प्रधानमन्त्रीले ‘नन्दी भिरङगी, अरिंगाल बन’ भनेर भन्नु कत्तिको उपयुक्त हो? यो प्रधानन्त्रीले बोल्न कुरा होइन । प्रोभेकेटरले बोल्ने कुरा हो । प्रधानमन्त्रीको सम्बोधन आउँदा सिंगो देशवासीले चासो पूर्वक सुनिरहेका हुन्छन् । प्रधानन्त्रीले बोल्दा एउटा पार्टी, पार्टीको पनि गुटको नेताको जस्तो कुरा गर्ने होइन ।’

त्यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको आउँदा बालबाललिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको जिकिर गरे । ओलीले बोलेका अरिंगाल, बुद्धिजिवीलाई तह लगाउने, नन्दी भिरिङ्गी जस्ता शब्दले समाजमा नकारात्मक भावना फैलाएको शर्माको भनाइ थियो । ‘हाम्रा प्रधानमन्त्री टिभिबाट बोल्न लाग्दा बालबालिकालाई टेलिभिजनबाट टाढा राख्नुपर्ने अवस्था आएको छ । प्रधानमन्त्रीको नकरात्मक शोच र शैलीबाट बचाउनुपर्ने स्थित छ ।’ उनले पनि प्रधानमन्त्री ओलीलाई जिम्मेवार बोली र व्यवहार गर्न आग्रह गरे ।

नेकपा कार्यकर्तालाई धन्यवाद
कार्यक्रममा उपसभापति निधिले नेकपा कार्यकर्तालाई धन्यवाद दिए । पार्टी अध्यक्षसमेत रहेका ओलीले कांग्रेसका विरुद्ध जाइलाग्न निर्देशन दिए पनि कार्यकर्ता संयमित भएको भन्दै शुखी व्यक्त गरे । ‘म नेकपाका कार्यकर्तालाई धन्यवाद दिन चाहन्छु । ओलीजीले अरिंगाल बन भन्दा पनि उनीहरु संयमित भए । राजनीतिक व्यवहार गरे । सरकारविरुद्ध बोल्नेलाई बुढाबुढीले ढुंगामुढा गर्छन् भनेर प्रधानमन्त्री आफैं हिंसा भड्काउन खोज्दै छन्, निधिले पत्रकार सम्मेलनमा भने ।

-देश सञ्चार

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।