अमेरिका बस्ने एक बहादुरी ब्यक्ती जस्ले हालेका थिए प्रचण्ड बिरुद्द उजुरी

  NTV NEWS

५ अप्रिल  सिड्नी । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको मेरिल्यान्ड पुगेका बेला त्यहाँको संघीय अनुसन्धान विभाग (एफबीआई)लाई प्रचण्डविरुद्ध इमेल लेखेका भनिएका प्राध्यपक तिलक श्रेष्ठले मुख खोलेका छन् ।४० बर्षदेखि अमेरिकामा रहेका उनले दैनिक नेपाललाई एउटा पत्र लेखी ७ बुँदामा आफ्ना विचार राखेका छन् । उनले एफबीआईमा प्रचण्डविरुद्ध इमेल लेखेको तर अदालतमा उजुरी नगरेको स्वीकार्दै यस विषयले यति धेरे चर्चा पाउला भन्ने नलागेको पनि खुलाएका छन् ।

तर, उनले माओवादी युद्धलाई पटक–पटक आतंककारीकै संज्ञा दिएका छन् । यसको नजिर अमेरिकाले नै आतंककारी भनी आधिकारीक घोषणा गर्नु रहेको उनले उल्लेख गरेका छन् ।

श्रेष्ठले के–के लेखे ?
म एक साधारण नागरिक हुँ नेता र अभिनेता जस्तो प्रचारबाजी चहान्न । म शाकाहारी र गान्धी जीवन मान्ने व्यक्ति हुँ ।

हाम्रो जन्मभूमीमा कति समस्या छन् र कतिपय जारी छन् । म विश्वासका साथ भन्छु हामीले यस विषयलाई अब धेरे गर्न हुन्न भनौं । हाम्रो कर्तव्यलाई सम्झौं ‘कर्मण्ये बधिकारस्ते मा फलेसु कदाचन’ । आफ्नो कर्तव्य कुनै आशा नराखी गरौं भन्ने कृष्णको भनाई सम्झौं ।

म स्याटेलाइन रिमोट सेन्साइनमा शोध गरिरहेको विज्ञानको विद्यार्थी हुँ । उनले बुँदागत रूपमा आफ्ना विचार राखेका छन् ।

१. सन् १९९० देखि हामीकहाँ प्रजातन्त्र थियो । कृष्णप्रसाद भट्टराईको पालामा नै संविधान बनेको थियो । यसमा नागरिकका अधिकारका विषयमा सबै उल्लेख थियो ।

२. बलका भरमा कम्युनिस्ट शासनका लागि माओवादीले सन् १९९६ मा प्रजातन्त्रविरुद्ध आन्दोलन थाले । शान्तिपूर्ण हिसाबले उनीहरूले धारणा राख्न सक्ने थिए, संविधानमा त्यो व्यवस्था थियो । तर उनीहरूले आतंकवादी बाटो अपनाए । राजनीतिक मुद्दाका नाममा आतंकवादी गतिविधि बढ्यो । त्यो आतंकमा १७ हजार गरिब नेपाली मारिए । कल्पना गरौं, ति परिवारले भोगेको वेदना र ध्वस्त भए संरचनासहित आर्थिक अवस्थाको बारेमा सोचौं । आज ५० लाख गरिब नेपाली विदेशमा शरिर र आत्मासँगै काम गर्न विवश छन् ।

३. माओवादी आतंकले हाम्रो हरेक चिजमा आक्रमण गरेको थियो । मन्दिर भत्काइए, बाहुनदेखि अनेकलाई गाइको मासु खुवाइयो । यस्तो चिज माक्र्सवाद हो त ? हाम्रो आत्मसम्मान र परिचय भत्काउने भन्दा के काम भयो त ?

४.विभिन्न जातीय र धार्मिक समुदायलाई राष्ट्रवादको नाममा माओवादीले ‘मिसगाइड’ गरेको थियो । १२५ जातीको २ करोड ७ लाख मानिसलाई यसले कति प्रभाव पारेको थियो ?

५. अन्तरिम संसदमा ३० प्रतिशत निर्वाचनभन्दा बाहिरबाट आएका माओवादी थिए भने ७० प्रतिशत निर्वाचित सांसद थिए । राजनीतिक सम्झौता प्रजातन्त्रभित्र होइन, प्रजातन्त्रमुनि हुनुपर्छ । ७० प्रतिशत प्रजातन्त्रको हरण त्यहिँ भएको थियो । एउटा प्रश्न उठ्छ, के राजनीतिक दललाई त्यसो गर्ने म्यान्डेट थियो त ?

६.माओवादीले धर्म निरपेक्षता, संघीयता र गणतन्त्रको कुरा गरे । तिनीहरूले नागरिकसँग यो विषयमा छलफल गरेनन् भने कुनै म्यान्डेड पनि पाएका थिएनन् । अब नागरिकलाई यो विषयमा निर्णय गर्न दिऔं भन्ने पनि ठानिएन ।

७.सन् २०१५ मा भएको संविधानसभाको चुनावमा नागरिकले दिएको जनमतलाई हेरौं । यो संविधानका लागि नागरिकले दिएको अभिमत थियो । म यो विश्व नै परिवार भनी ठान्ने मान्छे हुँ । सर्वे अपि सुखिनो सन्तुको विचारमा हिँड्ने मान्छे हुँ । यसैकारण पनि अमेरिकामा एउटा भनाई छ– नराम्रोपनले त्यतिबेला जित्छ जतिबेला राम्रा व्यक्तिले केही गर्दैनन् । यदि हामी नेपाल आमालाई माया गछौं भने हामीले अनिवार्य गर्नुपर्छ । त्यो जुनसुकै रुपमा होस् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।